काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई जरुरी पक्राउ पूर्जी थमाएको छ ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो ।
तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।