आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिमा १० प्रतिसतसम्मको छुट

बुधबार, माघ २८ २०७७

काठमाडौ,। सिद्घार्थ बैंक लिमिटेड र काठमाडौंको तिनकुनेस्थित सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख(कार्ड रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट निर्देशक बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरेका हुुन ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्घार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटि अन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्पmत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।