काठमाडौं । म्यानमारमा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएको त्यहाँको सेनाले आफूले गरेको ‘कू’को बचाउ गरेको छ ।
टेलिभिजनमा पहिलो सम्बोधन गर्दै सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी गरेका छन् ।
सो चुनावमा निर्वाचित नेतृ आङ साङ सूकीको पार्टीले बहमुत ल्याएको थियो ।
सेनाले सत्ता हातमा लिएर एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
पेशाकर्मी, सर्वासाधारणसहित बौद्ध भिक्षुहरु पनि सेनाको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
भिक्षुहरु पनि प्रदर्शनमा आएपछि दबाबमा परेको सेनाले आफ्नो कदमको बचाउन गर्ने प्रयास गरेको हो ।