आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बिदेशी ऋण भित्र्याउन राष्ट्र बैंकको पुर्व स्वीकृती लिनु नपर्ने

मंगलबार, माघ २७ २०७७

काठमाडौ। बिदेशी ऋण भित्र्याउन नेपाल राष्ट्र बैंकको पुर्व स्वीकृती लिनु नपर्ने हुुने भएको छ । बिदेशी लगानी तथा बिदेशी ऋण व्यवस्थापनको लागि राष्ट्र बैंकको स्वीकृती नचाहिने गरी बिनियमावली तयार गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।  
बिदेशी लगानी तथा बिदेशी ऋण व्यवस्थापन बिनियमावली २०७७ नाम दिएको यो बिनियमावली आवस्यक छलफल तथा परिमार्जन पश्चात कार्यान्यनमा आएको खण्डमा बिदेशी लगानी भित्र्याउन कुुनै पनि कम्पनीहरुले राष्ट्र बैंकबाट पुर्व स्वीकृती लिनुु पर्ने छैन ।

बिदेशी लगानी वापतको बिदेशी मुुद्रा भित्र्याउने स्वीकृती तथा लेखांकन गर्ने, बिदेशी लगानी तथा सोबाट आर्जित  रकम फिर्ता लैजाने, बिदेशी ऋणको स्वीकृती, बिदेशी ऋणबापत बिदेशी मुुद्रा भ्यिाउने तथा सोको लेखाकंन गर्ने र बिदेशी ऋणको सावाँ तथा व्याज भुक्तानीका लागि बिदेशी मुुद्राको सटही प्रदान गर्ने लगायतका बिषयहरुलाई व्यवस्थीत तथा सहजीकरण गर्न वान्छनीय भएकाले बिदेशी बिनिमय नियमित गने ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी बिनियमावली तयार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।