बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विभिन्न धनमाल चोरी

मंगलबार, माघ २७ २०७७

काठमाडौं, 
काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वर डेरा गरी बस्ने ३ जनाको कोठाबाट २ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ । 
सोही घरमा डेरा गरी बस्नेहरु सिन्धुलीका ४८ वर्षीय ललित वहादुर वयलकोटीको कोठाबाट सुनका विभिन्न गहना र नगद ४० हजार रूपैयाँ गरी करिब १ लाख ३० हजार रूपैयाँ, दोलखा घर भएका ३७ वर्षीया सावित्री कार्कीको कोठाबाट नगद १० हजार रूपैयाँ र सिन्धुली घर भएका २७ वर्षीय प्रेम बहादुर बुढाथोकीको कोठाबाट १ लाख ३५ हजार रूपैयाँ 
बराबरको सुनका विभिन्न गहना गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।