बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ    

मंगलबार, माघ २७ २०७७

काठमाडौं,  उदयपुरको कटारी नगरपालिका ८ सानो दमारबाट करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजा सहित सिरहा धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने उदयपुर ताप्ली गाउँपालिका ३ निगलबास  भएका ४१ वर्षीय सन्त बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित सवारी धनी सन्त बहादुरलाई पक्राउ गरेको हो । सवारी चालक ताप्ली गाउँपालिका ३ बस्ने २१ वर्षीय हेम बहादुर मगर, सोही गाउँपालिका १ जोरढुङगा बस्ने शम्भु मगर र अर्का १ जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, धरान उपमहानगरपालिका १३ गौराटोल बस्ने भोजपुर हतुवागढी गाउँपालिका ६ घर भएका ३४ वर्षीय गुमान राईलाई करिब २ केजी २ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गाँजा लुकाई  राखेको भन्ने विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
सिरहाको लहान नगरपालिका ९ मिलन चोकबाट करिब १५ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोलबजार नगरपालिका १२ बेतौना बस्ने ३० वर्षीय सुलेन्द्र साह लगायत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लाहानबाट खटिएको संयुक्त प्रहरीले स.७ प २५८२ र स.१०प ९३७९ नम्बरको  मोटरसाइकल जाँच गर्ने क्रममा २ वटा बोरामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका ६ मेची पुलबाट १८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित कमल गाउँपालिका ६ बस्ने २८ वर्षीय प्रकाश लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरीले  जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।