काठमाडौं । ललितपुर ललितपुर महानगरपालिका ३ लाछी पुल्चोक बस्ने पदम बहादुर शाक्यको घरबाट करिब १२।५ तोला सुनका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।
दोलखाको तामाकोसी गाउँपालिका ६ च्यामास्थित प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाबाट नगद १३ लाख १४ हजार ४ सय रुपैयाँ शनिबार चोरी भएको छ ।
यसैगरी दोलखा तामाकोसी गाउँपालिका ७ हावास्थित जनसेवा मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५४ हजार ४ सय ७० रुपैयाँ शनिबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।