बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

सोमबार, माघ २६ २०७७

बाजुरा । बडिमालिका नगरपालिका ९ मार्तडीबाट ५ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ, १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित गौमुल गाउँपालिका(१ अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहरालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।