आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

निफ्राको धितोपत्र कारोबार आगामी साताबाट

सोमबार, माघ २६ २०७७

हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आगामी सातादेखि हुने भएको छ।

निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आगामी बिहीबारसम्म सम्झौता हुने सम्भावना रहेको छ।

यदि बिहीबार सूचीकरण सम्झौता भएमा आगामी साता आइतबारबाट भने निफ्राको दोस्रो बजारमा सेयर कारोबार हुनेछ।

नेप्सेले निफ्रालाई पनि अन्य (अदर्स) उपसमूहमा समावेश गर्ने बताइएको छ।

निफ्राको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्नेछ।

निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो।

सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।