बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भरुवा बन्दुक सहित पक्राउ    

शुक्रबार, माघ २३ २०७७

लहान नगरपालिका २४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित धनगढीमाई नगरपालिका १२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियार सहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।