काठमाडौं, बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।
विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी लिई रिहा गरेको हो । न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
राष्ट्र सेवक कर्मचारीलाई समेत अनुचित प्रभावमा पारी ललिता निवास क्याम्पाभित्रको सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रुपमा कृत्रिम मोही कायम गरी व्यक्तिको नाममा पार्ने, बेचबिखन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ३९ करोड २८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
यस्तै, मीनबहादुर गुरुङले सञ्चालन गर्दै आएको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिसँग अख्तियारले ११ करोड २० लाख बिगो मागेको छ । प्रालिमार्फत गुरुङले ललितानिवासको सरकारी, सार्वजनिक जग्गा गैह्रकानूनी रुपमा आफु समेतको नाममा सट्टाभर्ना गरीगराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पु¥याउने काम गरेको अख्तियारको निष्कर्ष छ ।