काठमाडौ । नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्ट बिच सम्झौता भउको छ ।
बैंकका अनुसार मंगलबार नेपाल बैंक र बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्ट बिच उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिट, क्रेडिट, अन्य प्रिभिलेज कार्ड, मोबाईल, ईण्टरनेट बैंकिङ लगायतका डिजिटल माध्यममार्फत एकोमोडेशन तथा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५ प्रतिसतसम्मको छुट पाउने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुुन ।
नेपाल बैंक लिमिटेडले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथामोबाईल÷ईण्टरनेट बैंकिङ लगायतका बिभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।