आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल बङ्गलादेश बैंकद्वारा डि सी कार्ड योजना  शुरु 

बुधबार, माघ २१ २०७७

काठमाडौ । नेपाल बङ्गलादेश बैंकले बिभिन्न पेशामा कार्यरत पेशागत ब्यक्तिहरुलाई लक्षित गरी स-साना ब्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका  लागि डि सी कार्ड योजना ल्याएको छ । 

बैकका अनुसार यो योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ ।

यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।

साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।  

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जानकारी दिएको छ ।