बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ज्ञानेन्द्रले कुु गरेकै दिन, सेनाको शक्ति प्रदर्शन किन ?

मंगलबार, माघ २० २०७७

काठमाडौं : नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केको हो।

सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो । ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।

तर सेनाले किन याे काम गर्न लागेकाे हाे भन्ने त्रास पनि पैदा भएकाे छ ।

लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्राैलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताकाे जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनकाे बर्बरता शुरूभाछ। यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुकाे साङ्केतिक अर्थ के हाे ? के थाहा, याे ओलीय तानाशाहीकाे फाैजी चरणकाे पूर्वाभ्यास पाे हाे कि !’

solder5.JPG

 

solder4.JPG

solder2.JPG

solder1.JPG

solder.JPG