काठमाडौं । काठमाडौ महानगरपालिका २९ अनामनगरमा डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ४९ वर्षीय महेन्द्र क्षेत्रीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १५ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार ब्याक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।