आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कोभिड १९ को बावजुत पनि प्राईम लाईफको नाफामा बृद्धि

सोमबार, माघ १९ २०७७

काठमाडौ । बिश्वव्यापीरुमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को बावजुत पनि प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले खुुद मुनाफा बढाउन सफल भएको छ ।

कम्पनीले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ दुुई पैसा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर नेटर्वथ भने एक सय ३१ रुपैयाँ ६१ पैसा रहेको छ ।