आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिद्धार्थ बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

सोमबार, माघ १९ २०७७

काठमाडौ, सिद्घार्थ बैंक लिमिटेडको यही माघ १६ गते बसेको संचालक समितिको ३६२ औं बैठकबाट मनोज कुमार केडिया बैंकको अध्यक्षपदमा सर्वसम्मत रुपमा चयन भएकाछन । उनले आज आईतबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष् ागभर्नरको कार्यालयमा बैंकको संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएकाछन । उनी यसअघि पनि मिति २०७३÷११÷०५ देखि २०७७÷१०÷१६ सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका थिए । 
उनले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रा.लि, वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि., अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिलस् प्रा.लि., एशियनकन क्रेटो प्रा.लि., वृज ग्लास इन्डष्ट्रिज प्रा.लि., केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि.लगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालककोरुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेकाछन ।