आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकले भोली १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

आइतबार, माघ १८ २०७७

 

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी  बिल जारी गर्ने भएको छ । 

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी  बिल जारी लागिएको राष्ट्र बैकले जनाएको छ । 

जारी मिती माघ २० गते जारी तोकिएको ट्रेजरी  खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

 बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ ।

 ति मध्ये पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ भने पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको छ । 

कुुल ट्रेजरी मध्येमा २९ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ फागुुन १८ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ बैशाख एक गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ साउन १९ गते तोकिएको छ । 

यसअघि यही माघ १२ गते पनि ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी  बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ ।  

Letter (1).JPG