बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बाँकेमा कोरोना संक्रमित पुरूषको मृत्यु

आइतबार, माघ १८ २०७७

 

 

काठमाडौं । कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका अनुसार कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान ११ः३७ बजे मृत्यु भएको हो ।

उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।