आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एक वर्षमा ५ खर्ब २ अर्ब कर्जा बिस्तार, १७ बैंकको नाफामा भने गिरावट

आइतबार, माघ १८ २०७७

काठमाडौं । महाममारीका बाबजुद पनि बैंकहरुले एक वर्षमा झन्डै ५ खर्ब २ अर्ब बराबरको कर्जा बिस्तार गरेका छन् । थप कर्जा बिस्तार हुँदा पनि बैंकहरुको नाफामा भने गिरावट आएको छ ।

नेपाल बैंकर्स संघका अनुसार गत वर्षको पुस मसान्तसम्म बैंकहरुले गत असारसम्म ३ खर्ब ३७ अर्ब कर्जा बढाएका बैंकले यो वर्षको पुस मसान्तसम्म आउँदा भने ५ खर्ब २ अर्ब बढाएका छन्  ।

थप कर्जा बिस्तार भएपनि कोरोना महामारीका कारण समयमै ब्याज उठ्न नसक्नु र स्प्रेडदरमा आएको  संकुचनका कारण नाफा प्रभावित भएको छ । यो आर्थिक वर्ष पुस मसान्तसम्म २७ मध्ये  १७ वटा बैंकको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्ष पुस मसान्त अर्थात दोस्रो त्रैमाससम्म वाणिज्य बैंकले ३२ अर्ब २० करोड रुपैयाँ कमाएका थिए । यो आर्थिक वर्ष सोही अवधिमा बैंकहरुको मुनाफा तीन प्रतिशत घटेको छ । बैंकहरुले यसपालि ६ महिनामा ३१ अर्ब रुपैयाँ मुनाफा कमाएका छन् ।
 
हिमालयन बैंकको मुनाफा सबैभन्दा धेरै ६३ प्रतिशतले घटेको छ । नेपाल एसबीआई, स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट र सिभिल बैंकको मुनाफामा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेपाल बैंक, नबिल, माछापुच्छ्रे, इन्भेष्टमेन्ट र सानीमा नाफामा कम खुम्चिने बैंकको सूचिमा छन् ।

 

bank 1.JPG
 

banl 2.JPG

 

bank 3.JPG

 
गत आर्थिक वर्ष दोस्रो त्रैमासमा स्प्रेड दर साढे पाँच प्रतिशत हाराहारीमा थियो । यसपालि चार प्रतिशत हाराहारीमा छ । यसले पनि बैंकको मुनाफा घटेको हो ।

अबका दिनमा बैंकहरुको कर्जा थप बिस्तार हुँर्दैछ । अब कर्जा बिस्तार भएसँगै कर्जाको ब्याज माथि जाने र नाफा गत वर्षकै हाराहारीमा हुने बैंकरहरुको दाबी छ ।