कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित सीमा ईलाकाबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख १० हजार रुपैयाँ बराबरको बिलबिजक बिनाको किराना सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको भिमदत्त नगरपालिाका ११ बस्ने २१ वर्षिय महेश सार्की र २२ वर्षिय रामदल पन्त छन् । म १ च ३२४ नम्बरको पिकअप भ्यानमा राखेर उक्त सामान ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ब्रम्हदेवबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुले सो सामानको बिलबिजक देखाउन नसकेपछि पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।