आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नाफामा आक्रामक बन्दै सहकारी बैंक

शुक्रबार, माघ १६ २०७७

2077NCBL_2nd quarter.jpgललितपुर । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ, बैंकको गत आ.व.को सोहि अबधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसारयस अबधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाखरहेको थियो । 

बैंकको चालु आवको अर्धबार्षिक वित्तीय विवरण अनुसार  यस  अवधिमा बैंकको २ अर्व ८३ करोड शेयर पुंजी सहित५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ ।

 ७७ जिल्लाका सबैखाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघ र संस्था सदस्य रहेका छन, भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन ।