बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ   

शुक्रबार, माघ १६ २०७७

 

 

सुनसरीको धरान उपमहानगरपालिका २ भानुचोकबाट १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा, धनकुटा नगरपालिका ९ बेलहराबेसी बस्ने २३ वर्षीय कमल बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कमललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कमल उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।