बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पेस्तोल सहित पक्राउ

शुक्रबार, माघ १६ २०७७

काठमाडौं, माघ १५ काठमाडौं महानगरपालिका २६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।