बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

शुक्रबार, माघ १६ २०७७

दाङ, माघ १५ आफ्नै साडु दाई नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मान बहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मान बहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।