आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंक अफ काठमाण्डूको दोस्रो त्रैमासिक नाफा ७० करोड ८५ लाख 

बिहिबार, माघ १५ २०७७

काठमाडौं । बैंक अफ काठमाण्डू नेपाल लिमिटेड  ले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ७० करोड ८५ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

 गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८८ करोड ३८ लाख १६ हजार सात सय २७ रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार चार सय २९ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ९३ अर्ब ३५ करोड २८ लाख ८९ हजार सात सय छ रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ३२ करोड २३ लाख ९९ हजार आठ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सो अवधिमा एक अर्ब ५५ करोड एक लाख ३५ हजार छ सय ४९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसलव ५२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । 

स्प्रेड दर तीन दसमलव ३९ प्रतिसत रहेको बैंकको बितरणयोग्य नाफा भने ३८ करोड ६२ लाख ८१ हजार तीन रुपैयाँ रहेको थियो । 

गत आवको सोही अवधिमा भने बैंकले ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार छ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड १६ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

 उक्त अवधिमा एक अर्ब ९३ करोड २७ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलवव ५४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव तीन प्रतिसत रहेको थियो ।