काठमाडौ । माछापुच्छ्रे बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ८० करोड २७ लाख ७४ हजार चार सय नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८२ करोड १८ लाख ५० हजार दुुई सय ५६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १८ अर्ब २३ करोड ७० लाख ५७ हजार एक सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ९२ करोड ८६ लाख ३८ हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ९८ करोड ८४ लाख ३१ हजार दुुई सय छ रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ७६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा चार दसमलव १९ प्रतिसत स्प्रेड दर रहेको बैकको बितरणयोग्य नाफा भने ४५ करोड २२ लाख ५२ हजार नौ सय ७९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्र्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ९८ करोड ६८ लाख ७५ हजार पाँच सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव २४ प्रतिसत रहेको थियो ।