बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ  

मंगलबार, माघ १३ २०७७

झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ग.३ प ७१४० नम्बरको मोटरसाइकललाइ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । 

घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।