काठमाडौँ- १६ जना प्रहरी नायब उपरिक्षक-डीएसपीलाई प्रहरी उपरीक्षक-एसपीमा बढुवा गर्न सिफारिस भएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त १६ एसपीको दरबन्दी पूर्तिका लागि बढुवाको सिफारिस गरेको हो।
बढुवाको सिफारिस हुने डीएसपीहरुमा ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, प्रजित केसी, राजकुमार सिलवाल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा रहेका छन्।
यसैगरी बासुदेव खतिवडा, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्रबहादुर शाही र राजेन्द्रबाबु रेग्मी पनि बढुवाका लागि सिफारिस भएका छन्।