सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्री ओली आज दाङ जाँदै

सोमबार, माघ १२ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेको दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको पुलको उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् । यो नेपालको दोस्रो लामो पुल हो ।

यो पुलको ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।