काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कर्तुत सर्वोच्च अदालतमा पुगेर खुलेको बताएका छन्। संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘संविधानको धारा धाराको चर्चा गर्दै संविधानको उल्लंघन गरेको ओलीको कर्तुत सर्वोच्च मा गएर पोल खुल्यो’ उनले भने, ‘कम्युनिस्टले धोका त दिने होइन भन्दै आफूहरु विचारको लडाइँ गर्ने गरेका छन्। केपी ओलीले पार्टीका सिद्धान्त र पार्टीलाई कागजमा सीमित बनाए।’
प्रधानमन्त्रीले भ्रष्टाचारको दिशामा लागको आरोप लगाए। ‘यो टुँडिखेलको सबै एरिया भरिएका छन् यसबाट के थाहा हुन्छ भने केपी ओलीविरुद्ध संघर्षको मैदानमा विरोध जनाउन भेला भयो’ उनले भने, ‘के भनेको खड्ग हो। संविधान पार्टी र लोकतन्त्रमाथि ओलीले खड्ग प्रहार गरे। त्यसैले यसका विरुद्ध नलडी अरू कुनै उपाय छैन।’
हाम्रो पार्टीको यो उपस्थितिले जनआन्दोलनको झल्को दिएको भन्दै यो त कास्टिङ भएको र अझै फिलिम हुन बाँकी रहेको उनले टिप्पणी गरे। कम्युनिस्ट पार्टीको सदस्यबाट निष्कासन गरौं भन्दा स्पष्टीकरण सोधे पनि ओलीले जवाफ नदिएका उनले बताए।
‘कतै माफी मागेका छन् किन संसद विघटन गल्ती हो भनेका छन् कि समयमै सचिन्छु भनेका छन् कि भनेर बुझिरहेको छु। तर, हामी केपी ओलीले माफी मागे माफ गरिदिने र केही समय जेलमा राखेर भए पनि माफी दिन्छौँ’ उनले भने।