सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले वडास्तरीय प्रदर्शन गर्दै

बिहिबार, माघ ८ २०७७

काठमाडौं–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज बिहीबार वडास्तरीय प्रदर्शन गर्दैछ। कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो। सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्। 

प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र  माघ ३ गते ७५३ स्थानीय तहमा विरोध गरिएको थियो।