बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बुधबार, माघ ७ २०७७

कञ्चनपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ४ बजार बस्ने भारत घर भएका २१ वर्षीत कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
ती किशोरीलाई गुप्ताले पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।