बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

काठमाडौँमा एटिएम फोड्दा-फोड्दै एकजना पक्राउ

मंगलबार, माघ ६ २०७७

काठमाडौँ- राजधानीमा सोमबार एटिएम मेसिन फोडेर पैसा निकाल्न खोज्ने एकजना पक्राउ परेका छन्।

नागार्जुन नगरपालिका-२ स्थित सानो भर्‍याङमा रहेको एनआइसी एसिया बैंकको एटिएम फोडेर पैसा निकाल्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो।

दिउँसो २ बजेर १५ मिनेटको समयमा एटिएमभित्र छिरेर फोडिरहेको समयमा बैतडीका २८ वर्षीय कमलबहादुर धानुक पक्राउ परेका हुन्। उनी माछापोखरीमा बस्दै आएका थिए।

प्रहरीले धानुकको साथबाट एउटा पाइप रेन्ची, एउटा हथौडा र एउटा पिलास बरामद गरेको छ।