सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदले हस्ताक्षर फिर्ता गर्ने

सोमबार, माघ ५ २०७७

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड–नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्। 

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्। 

‘घोषणा गरिसकेका छैनौं’, गजमेरले भनिन, ‘तर, हामी त्यो निर्णयमा पुगेका छौं।’ 

नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।