काठमाडौं । नागार्जुन नगरपालिका २ ठुलोभर्यारङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।