काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।
सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् ।
पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।