बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एटिएमबाट डलर चोर्ने बुल्गेरियाली नागरिक पक्राउ थप सामग्री

बुधबार, पुष २९ २०७७

काठमाडौं- नेपालमा बसेर विभिन्न नेपाली बैंकका एटिएम प्रयोग गरी युरोपका बैंक खाताको पैसा चोरी गर्ने बुल्गेरियाली नागरिक पेटोस्लाभ रिस्टोभलाई सर्वोच्च अदालतले दुई वर्ष कैद हुने सजाय सुनाएको छ। यस्तै पक्राउ पर्दाका बखमा उनीसँग भएको नगद रकमलाई बिगो मानी बिगो असुल उपर गरी सोही बराबरको जरिवाना समेत हुने फैसला सर्वोच्चले सुनाएको हो।
२०७१ चैत १२ गते रिस्टोभ काठमाडौंबाट पक्राउ परेका थिएका थिए। उनको साथबाट ४० हजार अमेरिकी डलर, युरो ५७ हजार, १८ लाख नेपाली रुपैयाँसहित कार्ड रिडर, कार्ड राइटर र विभिन्न बैंकका थुप्रै एटिएम कार्ड बरामद भएका थिए। यो रकमसहित बरामद अन्य सामग्रीको बिगो मूल्य १ करोड ७० लाख कायम गरी सोही बराबरको जरिवाना र दुई वर्ष कैदको फैसला सर्वोच्चले सुनाएको हो। 

सरकारी वकिलको कार्यालयले उनीसँग १ करोड १९ लाख ५९ हजार ७ सय ८० को  बिगो दावी गर्दै बैकिङ कसुर मुद्दा पाटन उच्च अदालतमा दर्ता गराएको थियो। उच्च अदालत पाटनले २०७२ माघ १४ गते फैसला सुनाउँदै दोषी ठहर गरेको थियो। उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च पुगेका थिए। सरकारी पक्ष पनि सर्वोच्च पुगेपछि सोमबार अन्तिम फैसला भएको हो।

यो घटनासँगै अन्तर्राष्ट्रिय आपराधिक गिरोहले मास्टर तथा एटिएम कार्डमार्फत विदेशी बैंकको रकम चोरी गर्नका लागि नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने गरेको हो कि भनेर अनुसन्धान भएको थियो।