काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका १५ बस्ने दोलखा जिरी नगरपालिका ६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।