सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रभु बैंकको सञ्चालकमा ६ जना निर्वाचित

सोमबार, पुष २७ २०७७

 प्रभु बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको हिजो आइतबार सम्पन्न १९ औँ वार्षिक साधारणभाबाट सञ्चालकहरु निर्वाचित भएका छन्।

निर्वाचित हुने सञ्चालकमा संस्थापक सेयरधनीहरुको समूहबाट रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र रामेश्वर सापकोटा छन्।

यसैगरी सोही सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी (प्रतिनिधि–नेपाल होल्डिङ प्रालि) र प्रमोद घिमिरे (प्रतिनिधि–पाँचपोखरी एग्रिकल्चर प्रालि) लाई सञ्चालकमा निर्वाचित गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको कुल १०.५२६३ प्रतिशत लाभांश पनि अनुमोदन गरेको छ।

अनुमोदिन लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।