सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रभु बैकको १९ औं बार्षिक साधारण सभा सम्पन्न, १० प्रतिसत लाभांस पारित 

सोमबार, पुष २७ २०७७

प्रभु बैकले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले पुस २६ गते अर्थात आईतबार केन्द्रीय कार्यालय बबरमहलमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी सभामा थोरै मानिस उपस्थित थिए भने अन्य शेयरधनीहरु पनि भर्चुअलरुपमा उपस्थित भएका थिए । उनीहरुले बैकले राम्रो सेवा दिँदै आएको अझै उत्कृष्ट सेवा दिन बैंक तयारी रहनुपर्ने बताएकाछन । कोभिडका कारण यस वर्ष १० प्रतिशत बोनस दिएको तर अर्काे २० प्रतिशत बोनस वितरण गर्न बैंक सफल होस भनेर शुभकामना समेत दिएका दिएका थिए । 

त्यस्तै, उनीहरुले बैंकले आफ्ना कमजोरीहरुलाई पनि सुधार गर्दै ७ वटै प्रदेशमा प्रभु बैकको उत्तिकै उपस्थिती गराउन बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको ध्यानाकर्षण गराएका थिए । उक्त सभामा बैंकका भावी योजनाका बारेमा जानकारी दिँदै अझ ग्राहकलाई उत्कृष्ट सेवा दिन बैंक क्रियाशील रहेको अध्यक्ष देवी प्रकाश भट्टचनले बताए ।

 उनले शेयरधनीले उठाएको कर्मचारी सरुवा बढुवाको जिज्ञासाका बारेमा पनि बोलेका थिए । कर्मचारी सरुवा बढुवा एक साधारण कुरामात्र भएको र यसलाई साधारण तरिकाले मात्रै ग्रहण गर्न अध्ययक्ष भट्टचनले आग्रह गरे । कोभिडका कारण पनि समयमै साधारण सभा गर्न पाएकोमा उनले खुसी व्यक्त समेत गरेका थिए ।

 बैंकको उन्नतिमा साथ दिने शेयरधनी, नेपाल राष्ट्र बैंक, पत्रकार, कर्मचारी, धितोपत्र बार्डलगायत अन्य संघ संस्थालाई धन्यवाद समेत दिएका थिए । बैंकले पुस २६ गते डाकेको साधरण सभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, छ जना सञ्चालकहरुको निर्वाचन गर्दैछ । तीन जना सर्वसाधारण र बाँकी तीन संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्दैछ ।

बैंकले १० प्रतिशत बोनस सेयरको एजेण्डा पनि साधारण् सभामा लैजाँदैछ । यसबाहेक कर प्रयोजनका लागि शुन्य दसमलव ५३ प्रतिशत नगद लाभांशको एजेण्डा पनि लैजाँदैछ । बैंकले गत आर्थिक वर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकसँग कुल सम्पत्ति एक खर्ब ६७ अर्ब रुपैयाँ छ ।