शिव सेना नेपालले आज देशका विभिन्न स्थानमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै छ।
हरेक वर्ष पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला अर्पण गर्दै आएको शिव सेनाले यस वर्ष भने जिल्ला जिल्लामा पुगेर जनताको विचमा यस वर्षको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भने जनताको बीचमा मनाउने भएको छ ।
२९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार एक शुभकामना सन्देश दिँदै शिव सेनाका अध्यक्ष अनिल बस्नेतले यसपटकको राष्ट्रिय एकता दिवस तथा बडामहाराजाधिराजको जन्मजयन्ती भव्य रुपमा जनताको बीचमा रहेर मनाउने जानकारी दिएका छन् ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको निर्माण गरेका थिए ।
स–साना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन सफल भएको इतिहाँस छ।
२०६२/६३ को जन–आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । तर, लोकतन्त्रको स्थापनासँगै त्यसको निरन्तरता रोकिएको छ ।
यसै सन्दर्भमा शिव सेना नेपालले यस वर्ष फरक तरीकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको अध्यक्ष वस्नेत वताउँछन्।