सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियोः प्रधानमन्त्री ओली

आइतबार, पुष २६ २०७७

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको बताएका छन्।

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेकपा (ओली पक्ष)को युवा संघ बागमती कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने। यिनका भविष्यवाणी कति ठाउँ खेर गए। महान् जनयुद्ध भनेर कराए। महान् जनयुद्ध के भो? फर्सी कुहिए झै कुहियो।’