काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा धेरै काम भएकाले अब दुई तिहाइ मतको आवश्यकता भएको बताएका छन्। धनगढीमा बोल्दै ओलीले देशका लागि काम गर्ने संसदको आवश्यकता रहेको दाबी गरे।
‘हामीलाई दुई तिहाइ चाहिएको छ। मेरो नेतृत्वको सरकारको समयमा धेरै काम भएको छ‚ मैले गरेर देखाएको छु‚’ उनले भने‚ ‘मैले विभिन्न रोग र उपचारबाट जनता बचाएको छु।’ उनले आफूलाई छिटै मर्छ भनेका तर आफू निको भएर आएकाले काम गर्न नदिएको दावी गरे। ‘म उपचार गर्न थाइल्याण्ड जाँदा मरेर बाकसमा आउँछ भन्थे‚’ प्रधानमन्त्री ओलीले भने‚ ‘तर म फर्केर आएँ, मेरो स्वास्थ्य जनताका लागि हो। यो तपाईंहरुका लागि होउनले प्रतिनिधि सभामा सधैं अप्ठ्यारो पारेर काम गर्न नदिएपछि विघटन गर्न परेको दावी गरे। उनले सभामुख अग्नी सापकोटाले किर्ते गरेको आरोप लगाए।
प्रतिनिधि सभा विघटन भएपछि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको र सभामुखले किर्ते गरेर बिहान १०स्३०मा आएको दावी गरेको उनले बताए। नेतृत्वमा पुगेपनि किर्ते गर्ने बानी नगएको आरोप उनले लगाए।