काठमाडौँ । नेकपाका नेता वामदेव गौतमले दुवै खेमाका नेताहरु लाज नै लाग्ने गरी आरोप प्रत्यारोपमा उत्रेको भन्दै असन्तुष्टि जनाएका छन । गौतमले नेकपामा देखा परेको समस्यको मुख्य जड प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली भएको बताएका छन् ।राष्ट्रियसभाको विशेष समयमा समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै नेता गौतमले सत्तारुढ नेकपामा संकट आउनुको कारण ओलीको कार्यशैली भएको बताएका हुन्।
उनले आफूले पटक पटक कार्यशैली सुधारका लागि ओलीलाई आग्रह गरे पनि उनले नसुनेको राष्ट्रियसभाको बैठकमा गुनासो गरे।
गौतमले भने, ‘प्रधानमन्त्रीको कार्यशैलीले पार्टीमा समस्या ल्याएको हो। उहाँलाई मैंले धेरैपटक सुझाव दिएको हुँ सुधार गर्नुपर्छ भनेर। दुवैपटक प्रधानमन्त्री हुँदा सुझाव दिएको हुँ। ४३ वर्षदेखिको साथीको नाताले पनि सुझाए दिए तर मान्नुभएन।’
नेता गौतमले प्रधानमन्त्री ओलीको ठाउँमा आफू भएको भए पार्टी र संसदमा अल्पमतबाट परेपछि राजीनामा दिने उल्लेख गरे। उनले प्रतिनिधिसभा विघटन गर्दा र ओलीविरुद्ध अविश्वास राख्दा दुवै पक्षले आफूलाई नसोधेको बताए।
‘आठ महिनादेखि अविश्वासको प्रस्ताव रोक्दै आएको थिए। मलाई नसोधी एउटा पक्षले दर्ता गर्यो, गौतमले अगाडि भने, ‘संसद विघटन गर्दा उहाँ ९ओली०ले पनि सोध्नुभएन।’ उनले नेकपा विभाजनको कुनै औचित्य नभएकाले आफू कुनै पनि पक्षमा नलागेको उल्लेख गरे।
गौतमले भने, ‘म पार्टी विभाजनको कुनै पनि औचित्य देख्दिन। त्यसैले कुनै पनि समूहमा लागेको छैन। अहिले पनि मैंले एकताको पक्षमा लागि रहेको छु। एक्लै सकिँदैन भनेर संगठनात्मक ढाँचामा बनाउन लागि परेको छु।’
ओलीले प्रयास भए पटक पटक नराम्रो हुने चेनावी दिँदै आएको स्मरण गर्दै उनले गैरसंवैधाकि रुपमा प्रतिनिधिसभा विघटन गर्नुभन्दा राजीनामा दिएको भए राम्रो हुने धारणा राखे।
‘मलाई अविश्वासको प्रस्ताव राखे राम्रो हुने छैन भन्नुभएको थियो। उहाँले पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपथ्र्यो भन्ने मेरो बुझाइ हो, गातमले अगाडि भने, ‘म भएको भए अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थे।’ उनले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चमा विचाराधीन रहेकाले त्यसलाई संवैधानिक वा गैरसंवैधानिक भनेर टिप्पणी गर्न नहुने उल्लेख गरे।
उनले भने, ‘संविधानभित्रको विषयले आफूले भने जस्तो भएन भन्दैमा त्यसलाई बद्नाम गर्नु हुँदैन। हाम्रो पार्टी दुई खेमामा विभाजति छ, तर म कतै पनि लागेको छैन। तीन वर्षमै फुट्नु थियो भने किन विभाजन गरियो अर्कोतिर अन्तरविरोध नभएको पार्टी हुँदैन। अन्तरविरोधले समाधान गरेर नै अघि बढ्नुपर्छ, गौतमले भने।