बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भरुवा बन्दुक बरामद

बिहिबार, पुष २३ २०७७

 
उदयपुर । कटारी नगरपालिका १ एक्लेसल्ला बस्ने हस्तबहादुर मगरको गोठबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक, बन्दुकमा लगाउने छर्रा र बारुद बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
 
उक्त गोठमा भरुवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।