बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषधसहित पक्राउ

बिहिबार, पुष २३ २०७७

पर्साको वीरगंज महानगरपालिका २१ परवानीपुरस्थित सडकबाट मकवानपुर थाहा नगरपालिका ११ पालुङ बस्ने ३४ वर्षीय  रबिन तामाङलाई करीब १ सय ७ केजी अवैध लागूऔषध चरेश सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त चरेश फेला पारी ट्रक चालक तामाङलाई सहित पक्राउ गरेको हो । 

मकवानपुर, मनहरी गाउँपालिका ७ मनहरी खोलाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो सहित राक्सिरा गाउँपालिका ९ बस्ने २८ वर्षीय बुद्धिमान तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका १० स्थित धुलाबारी चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष कुमार शर्मालाई करिब २ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले शर्मालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।