सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ओली पक्षको हुम्लामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला

बिहिबार, पुष २३ २०७७

सिमकोट नेपाल कम्युनिस्ट पार्टी  नेकपाको केपी शर्मा ओली पक्षको वृहत् कार्यकर्ता भेला हुम्लाका सातवटा स्थानीयमा आजबाट शुरुभएको छ । आज पहिलो दिन जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकास्तरको आमसभा सम्पन्न भएको छ।
आज ताँजाकोटको छप्रेलामा भएको सो कार्यक्रमलाई कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य गोरख बोगटीले सम्बोधन गरेका थिए। आम सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश नेकपाका अध्यक्ष बोगटीले आफ्नो पक्ष आधिकारीक नेपाल कम्युनिष्ट पार्टी भएको बताए।

पार्टी भित्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विच विवाद हुँदा प्रधानमन्त्री ओली संकटमा परेपछि संसद विघटन गरेको बोगटीले बताए।पार्टी भित्र काम गर्न नदिएपछि संसद विघटन गर्नु बाहेक अन्य विकल्प नभएकाले संसद विघटन गरीएको बोगटीले बताए। आजैभएको कार्यक्रममा नागरीकको ठुलो संख्यामा उपस्थित रहेको बताइएको छ।