बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसद् विघटन सिंगो व्यवस्था सिध्याउने कदम 

बुधबार, पुष २२ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् ।

यो समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।

‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने रु’, नेपालले भने । प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उनले बताए ।

‘यो गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो’, नेपालले भने ।

तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताए । ‘सुनिन्छ, संकटकाल लगाउने ।

संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए ।

अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।

संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेपालले बताए ।