सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चुनावमा प्रत्यक्षबाटै हामी १६५ सिट जित्छौंः प्रधानमन्त्री ओली 

आइतबार, पुष १९ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपाले वैशाखको निर्वाचनमा १६५ सिट जित्ने दाबी गरेका छन्। प्रज्ञा भवनमा आफ्नो पक्षका काठमाडौं जिल्लास्थित नेता कार्यकर्ताहरुलाई शनिबार सम्बोधन उनले यस्तो दाबी गरेका हुन्।

‘वैशाख १७ र २७ गते निर्वाचन मिति तोकिएको छ। हामी त्यो निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिट जित्छौँ’, उनले दाहाल-नेपाललाई चुनौती दिँदै भने, ‘तपाईंहरु दुईटा अंकसम्मको सिट ल्याएर देखाउनू।’ उनले दाहाल-नेपाल फर्किएमा उनीहरुका लागि केही स्थान खाली राखिएको बताए।

‘उहाँहरु कुनै बाटो नदेखेर फर्किनुभएमा हामीले ठाउँ राखेका छौं केन्द्रीय कमिटीमा तर फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन, थान्कोमा राखिनेछ’, उनले अगाडि भने, ‘पार्टीको कार्यकर्ता झैँ बोल्ने गर्नुपर्छ, हामी गुटबन्दीलाई बिदा गर्नेछौं। वैशाख १७ र २७ गते हेरौँ न त बहुमत कता आउँछ?’

ओलीले नेपालको संविधानको धारा ७६ को उपाधरामा सातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर निर्वाचन मिति तोक्ने अधिका रहेको जिकिर गरे। त्यही आधारमा आफूले विघटन गरेको संसद सर्वोच्च अदालतले पनि नब्यूँत्याउने उनले तर्क गरे।